PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नागरिक समाज, उद्योगी र समाजसेवीको अगुवाइमा विराटनगरमा १ सय शय्याको कोरोना केयर सेन्टर बन्दै



अनन्तराज न्यौपाने

नागरिक समाज, उद्योगी र समाजसेवीको अगुवाइमा विराटनगरमा १ सय शय्याको कोरोना केयर सेन्टर बन्दै
फाइल फोटो।

विराटनगर : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीले १ सय शय्याको कोरोना केयर सेन्टर बनाउने भएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको आह्वान र अवधारणामा विराटनगरमा जनसहभागितामा कोरोना केयर सेन्टरको स्थापना गर्न लागिएको हो। विराटनगर महानगरका प्रमुख पराजुलीका अनुसार केयर सेन्टरका लागि रोटरी क्लबले ३०, उद्योगपतिद्वय राजेन्द्र राउत र महेश जाजूले २०/२०, राउन्ड टेबलले २० र लायन्स क्लबले १० वटा शय्यासहित तिनका लागि आवश्यक सामग्री प्रदान गर्ने भएका छन्।

सेन्टरको स्थापना र सञ्चालनका लागि प्रमुख पराजुलीले संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन्। प्रमुख पराजुलीले विराटनगरको नागरिक समाजले प्रदेश नम्बर १ को सरकारले नेसनल ट्रेडिङको भवनमा सञ्चालन गरिरहेको कोभिड अस्पतालमा १ सय शय्यासहितको आवश्यक पूर्वाधार स्थापना गर्ने बताए।

प्रमुखले उक्त स्थानमा प्रदेश सरकारले यसको सञ्चालन गर्ने सहमति भएको जानकारी दिए। सेन्टरको प्रमुख सल्लाहकारमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र कांग्रेस नेता डाक्टर कोइरालालाई राखिएको छ।

सेन्टरको स्थापना र सञ्चालनका लागि उद्योगी, संविधान सभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य पवन सारडाको अध्यक्षतामा १३ सदस्यीय समिति बनाइएको छ।

मंगलवार गठन गरिएको समितिका सदस्यमा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यपार सङ्घका अध्यक्ष सुजन थापा, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशका १ का उपाध्यक्ष राजेन्द्र राउत, उद्योगीहरू महेश जाजु, सुशील धनावत, नवीन रिजाल, लायन्स क्लबका राजन खत्री, नेपाल बार एसोसिएसनका पूनम गुप्ता, रोटरी क्लबका बिजु थपलिया, र सामाजिक अभियन्ता सुची चौधरी र सदस्य सचिवमा पूनमकुमार दाहाल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell