PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुनसरीका ४४९ जनासहित प्रदेश १ मा एकैदिन ८७० संक्रमित थपिए, ८ जनाको मृत्यु



फूलमाया पुरी

सुनसरीका ४४९ जनासहित प्रदेश १ मा एकैदिन ८७० संक्रमित थपिए, ८ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा एकैदिन ८७० जना कोरोना संक्रमित थपिएका छन्। यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो।

मंगलवार प्रदेश १ को कोरोना हटस्पट बन्दै गएका जिल्लाहरु सुनसरी र मोरङमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। सुनसरीमा ४४९ र मोरङमा ३३७ जना संक्रमित थपिएका हुन्। त्यस्तै, झापाका ३८, इलामका १०, उदयपुरका ७, सोलुखुम्वुका ६, संखुवासभा र तेह्रथुमका २/२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङका १/१ र प्रदेश १ बाहिरका १५ जनामा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा मात्र ३६५ जनामा संक्रमण पुष्टि भएको छ। जसमा १६५ महिला र २०० पुरुष छन्। सुनसरीकै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहवीमा ३/३, गढी, हरिनगर र बर्जुमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मोरङको विराटनगरमा २३२, सुन्दरहरैचामा २२, पथरीशनिश्चरेमा १७, बुढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४/४, उर्लाबारी र कानेपोखरीमा ३/३, लेटाङ, कटहरी र मिक्लाजुङमा २/२, सुनबर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको विर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४/४, दमक र हल्दीबारीमा ३/३,  कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २/२, बाह्रदशी र गौरादहमा १/१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ।

इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सुर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १/१, सोलुखुम्वुको सोलुदुधकुण्डमा ६, संखुवासभाको मकालु र सिलिचोङमा १/१, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १/१, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १  र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। सुनसरीका ४ पुरुष, झापाका १ महिला र १ पुरुष, मोरङका २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणकै कारण हालसम्म मृत्यु हुने संक्रमितको संख्या १४४ पुगेको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा मंगलवार १४७ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट १०३, होटल एशियाटिक आइसोलेसनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १८४ पुगेको छ। 

प्रदेश १ मा मंगलवार १ हजार ६८२ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३४८ महिला र ५२२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

प्रदेश १ मा हालसम्म १ लाख ४८ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयको तथ्याकं छ। परीक्षण गरिएमध्ये हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार ८५८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell