PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

शिखर धवनको शतकमा दिल्लीले पञ्जाबलाई दियो १ सय ६५ रनको लक्ष्य



पहिलोपोस्ट

शिखर धवनको शतकमा दिल्लीले पञ्जाबलाई दियो १ सय ६५ रनको लक्ष्य
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जाबलाई १ सय ६५ रनको लक्ष्य दिएको छ।

दुबई इन्टरनेशनल स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोडेको हो।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। तर उनीबाहेक दिल्लीका अन्य ब्याट्सम्यान चल्न नसक्दा पञ्जाबले औशत चुनौति पाएको हो।

पछिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका धवनले ६१ बलमा १०६ रन जोडेका हुन्। त्यसबाहेक कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडे।

उता पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिँदा जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिए।

पञ्जाब केही बेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell