PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आईपीएलको जारी सिजनमा शिखर धवनले बनाए लगातार दोस्रो शतक



पहिलोपोस्ट

आईपीएलको जारी सिजनमा शिखर धवनले बनाए लगातार दोस्रो शतक
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा शिखर धवनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। दिल्ली क्यापिटल्सका लागि उनले लगातार दोस्रो शतक प्रहार गरेका छन् भने लगातार चौँथो अर्धशतक प्रहर गरे।

मंगलवार उनले किंग्स ११ पञ्जाबविरुद्ध शतक प्रहार गरेका हुन्। उनले ६१ बलमा ३ छक्का र १२ चौकाको मद्दतले १०६ रन बनाए। खेलमा उनी अभिजित पनि रहे।

यसअघि उनले शनिवार भएको चेन्नइ सुपर किंग्सविरुद्धको खेलमा १०१ रन बनाएका थिए। सो खेलमा उनले अभिजित रहँदै ५८ बलमा १ छक्का र १४ चौका प्रहार गरेका थिए।

त्यस्तै, गत बुुधवार भएको राजस्थान रोयल्सविरुद्धको खेलमा उनले ५७ रन बनाएका थिए। उनले ३३ बलमा २ छक्का र ६ चौका प्रहार गरे।

त्यसैगरी, उनले मुम्बई इन्डियन्सविरुद्धको खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गरे। मुम्बईविरुद्ध दिल्ली पराजित भएपनि उनको खेल हेर्न लायकको थियो। सो खेलमा उनले १ छक्का र ६ चौकाको मद्दतले अभिजित रहँदै ६९ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell