PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोलकातामा भारतीय रुपैयाँ भुक्तानी गर्दा नेपाली व्यवसायीलाई यस्तो सास्ती



राधेश्याम पटेल

कोलकातामा भारतीय रुपैयाँ भुक्तानी गर्दा नेपाली व्यवसायीलाई यस्तो सास्ती

वीरगंज : भारत तथा तेस्रो मुलुकबाट सडक वा रेलमार्गबाट आयातित मालसामानको भुक्तानी कोलकातास्थित बन्दरगाह र विभिन्न सिपिङ कम्पनीलाई भारतीय रुपैयाँमा भुक्तानी गर्दा नेपाली व्यवसायीले सास्ती खेप्नु परेको छ। भारतीय रुपैयाँमा भुक्तानीको लागि बैंकिङ प्रक्रिया पूरा गर्न दुई–तीन दिन समय लाग्ने गरेकोले सामान आयात तथा पैठारीमा ढिलाइ हुने गरेको र बैंक डुल्दै दिन जाने सास्ती खेप्नु परेको व्यवसायीले गुनासी गरे।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाका अनुसार लगभग सबै सिपिङ लाइनहरूको कार्यालय कोलकातामा भएको र उनीहरूले त्यहीको कार्यालयबाट मालसामान ढुवानी वा विलम्ब शुल्क लिदाँ भारतीय रुपैयाँमा लिने गरेकोले समस्या भइरहको बताए। वीरगंज उद्योग वाणिज्य संघका महासचिव माधवराजपालले नेपाली आयातकर्ताले आफैले विदेशी निर्यातकर्तालाई डलरमा र नेपालमा भएको विदेशी कम्पनीलाई नेपाली रुपैयाँमा भुक्तानी गर्ने गरेका छन्। तर अधिकांश ढुवानीकर्ता सिपिङ लाइन भारतको कोलकात्ता बन्दरगाहमा कार्यालय खोलेर बसेका हुनाले र ढुवानी खर्च तथा विलम्ब शुल्क भारतीय रुपैयाँमा लिने गरेकोले नेपाली व्यवसायीलाई समस्या खेप्नु परेको बताएका छन्। यसले नेपाली व्यवसायीलाई झन्झट व्योहर्नुपरेको छ।

नेपाल सरकारले विदेशी निर्यातकर्ता, सिपिङ लाइन कम्पनीहरूलाई नेपाली रुपैयाँ भुक्तानी गर्ने सुविधा दिएको खण्डमा चाँडोभन्दा चाँडो भुक्तानी दिन सहज हुने र मालसामान भन्सार बिन्दुबाट छुटाउन पनि सजिलो हुने व्यवसायीले बताए। यस विषयमा नेपाल सरकारको अर्थ तथा परराष्ट्र मन्त्रालयले भारतीय सरकार र बन्दरगाह प्रशासन, सिपिङ लाइन प्रतिनिधिहरूसँग छलफल गरेर समस्या हल गर्नुपर्ने माग उनीहरुको रहेको छ।

नेपाली आयातकर्ताहरुले अहिले कारोबारको कागजातको अधारमा नेपाली बैंक मार्फत आरटिजिएस र स्वीफ्ट बैकिङ प्रणालीबाट भारुमा भुक्तानी गर्ने गरेका छन्। व्यवसायीले नेपाल विदेशी कम्पनीको लागि एउटा राम्रो बजार भएकोले विदेशी सिपिङ लाइन कम्पनीको प्रतिनिधि कार्यालयको रुपमा नेपालमा कार्यालय स्थापना गरी नेरुमा भुक्तानी लिन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell