PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

पेट्रोलमा डिजेल मिसाएर बेच्ने पेट्रोल पम्प सिल



पी बी खड्का

पेट्रोलमा डिजेल मिसाएर बेच्ने पेट्रोल पम्प सिल

सुर्खेत : प्रदेशको राजधानी वीरेन्द्रनगरस्थितको शंकर आयल स्टोर्स सिल गरिएको छ। वीरेन्द्रनगरको धुलियाविटमा रहेको उक्त आयल स्टोर्सले पेट्रोलमा मिसावट गरी बिक्री गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सिल गरेको हो।

सञ्चालकले पेट्रोलमा डिजेल मिसावट गरेको इन्धन बिक्री गर्दा मोटरसाइकलको इन्जिनमै खराबी देखिएपछि प्रशासनमा उजुरी परेको थियो।

सोही उजुरीको आधारमा पम्पमा अनुगमनमा गएको टोलीले अर्को आदेश नभएसम्मका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्सेर राणाले जनाए।

उक्त मिसावट भनिएको इन्धनको नमूना परीक्षणका लागि नेपाल आयल निगम काठमाण्डौँ पठाइएको छ।

यता, आयल स्टार्सका सञ्चालक डम्मर महताराले डिजल ट्यांकरबाट खन्याउँदा भुलबस पेट्रोलको ट्यांकीमा राखिएकाले मिसिन पुगेको प्रतिक्रिया दिएका छन्।

यदि कुनै पनि इन्धनमा मिसावट गरी बिक्री वितरणको प्रमाणित भएमा पहिलो पटक एक लाख रुपैयाँ जरिवानासहित एक महिना पम्प बन्द गर्नुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell