PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोना संक्रमणका कारण कैलालीका थप दुई जनाको मृत्यु



एम बम

कोरोना संक्रमणका कारण कैलालीका थप दुई जनाको मृत्यु

कैलाली : कैलालीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पतालका अनुसार गत असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो। उनी कोरोना पुष्टि भएदेखि होम आइसोलेसनमा बस्दै आएका थिए।

नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको छ।

त्यस्तै अर्का मृतक धनगढीका ६० वर्षीय व्यापारीको भने उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो।

दुई साताअघि धनगढीमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो।

स्वास्थ अवस्था जटिल भन्दै गएपछि उपचारका लागि लखनउ लगिएकोमा उनको त्यहाँ उपचारकै क्रममा सोमबार मृत्यु भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell