PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हालसम्मकै उच्च संख्यामा संक्रमित र मृतक पनि : नयाँ केस थपियो ५७४३, ज्यान गुमाउनेको संख्या २६



पहिलोपोस्ट

हालसम्मकै उच्च संख्यामा संक्रमित र मृतक पनि : नयाँ केस थपियो ५७४३, ज्यान गुमाउनेको संख्या २६

काठमाडौं : गएको २४ घन्टामा ५ हजार ७ सय ४३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा धेरै हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २० हजार १ सय १८ को पीसीआर परीक्षण गरिएको जानकारी दिए। हालसम्म नेपालमा १ लाख ४४ हजार ८ सय ७२ संक्रमित रहेका छन्।

बुधवार २६ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ७ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म सक्रिय संक्रित संख्या ४४ हजार ४ सय ७६ रहेको छ। आज २ हजार ९ सय ९६ जनालाई संक्रमण निको भएका छन्। हालसम्म निको हुनेको संख्या ९९ हजार ६ सय ५ रहेको छ। आज भेटिएका संक्रमित संख्या र मृत्यु संख्या हालसम्मकै उच्च हो।

आज गरिएको पीसीआर परीक्षणमध्ये २८ प्रतिशत भन्दा बढीलाई संक्रमण भएको पुष्टि भएको छ। २८.५४ प्रतिशतमा संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell