PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

रेडपाण्डाको छालासहित वीरेन्द्रनगरबाट चार जना पक्राउ



पी बी खड्का

रेडपाण्डाको छालासहित वीरेन्द्रनगरबाट चार जना पक्राउ

सुर्खेत : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन्। वीरेन्द्रनगर-६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा दैलेखको नौमुले गाउँपालिका-२ का २६ वर्षीय मनोज विक, सोही गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका वडा नम्बर ९ की ४० वर्षकी सबिता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

होटेलको दोस्रो तलामा रहेका उनीहरुको कोठा र झोला खानतलासी गर्दा प्रहरीले निलो रंगको झोलाभित्र सेता टाबेलमा बेरी राखेको दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला दुई थान फेला पारी बरामद गरेको हो।

पक्राउ गरिएका चारै जनालाई थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय सुर्खेतमा पठाईएको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell