PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक पक्राउ, हतियारसहित नेपाल प्रवेश गर्नुको कारण खोज्दै प्रहरी



राधेश्याम पटेल

प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक पक्राउ, हतियारसहित नेपाल प्रवेश गर्नुको कारण खोज्दै प्रहरी

वीरगंज: बारा प्रहरीले एक जना भारतीयलाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतीय नागरिक वृजकिशोर कुसवाह रहेका छन्। बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्ला दुधिअवा बस्ने कुसवाहलाई बुधबार दिउँसो साढे ३ बजे प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

भारतबाट हतियार बोकेर नेपाल प्रवेश गरेका उनलाई प्रहरीले चेक गर्न खोज्दा प्रहरीमाथि गोली चलाएका थिए। प्रहरीले जवाफी फायरिङ गर्दा उनको बायाँ हातमा गोली लागेको छ। 

सिम्रौनगढ नगरपालिका-९ सानो बंकुलमा ड्युटीमा रहेका प्रहरीमाथि उनले पेस्तोल तेर्स्याएका थिए। शंका लागि रोक्न खोज्दा प्रहरीमाथि उनले गोली प्रहार गरेका हुन्। 

प्रहरीले उनको सिम्रौनगढको एक निजी क्लिनिकमा उपचार गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याएको छ। उनको साथबाट पेस्तोलसहित पाँच वटा गोली बरामद गरिएको छ। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी पेशेवर सुटर हुनसक्ने आशंका प्रहरीले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell