PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

मम्मे गाउँमा खानेपानीको धारा पुगेपछि स्थानीयमा छायो खुशीयाली



रासस

मम्मे गाउँमा खानेपानीको धारा पुगेपछि स्थानीयमा छायो खुशीयाली
फाइल फोटो।

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ मम्मे गाउँका घर आँगनमै खानेपानीको धारा पुगेपछि खुशीयाली छाएको छ।

लामो समयदेखि खोनेपानीको अभाव झेल्दै आएका सो गाउँका एक सय ५० परिवारले २६ वटा धारा पाएपछि करिब अढाइ घण्टा हिँडेर खानेपानी बोक्नुपर्ने बाध्यता सोलार लिफ्ट प्रविधि जडानसँगै अन्त्य भएको छ। कोराल खोला नजिक सकालय नदीबाट सोलार प्रविधि जडान गरी ६९ लाख रुपैयाँको लागतमा करिब साढे ३ सय मिटर उचाइमा पानी चढाइएको गाउँपालिका अध्यक्ष कवीन्द्रबहादुर विष्टले बताए।

उनले भने, ‘स्थानीयवासीको मागअनुसार खानेपानी गाउँमा पुगेको छ, यसको दिगो व्यवस्थापन र मर्मत सम्भारका लागि उपभोक्ताले न्यूनतम् शुल्क संकलन गर्न आवश्यक छ।’

पर्शुरामधाम जोड्ने सडक बन्दै

डडेल्धुराको भित्रिमधेश जोगबुडा क्षेत्रको महाकाली किनारमा रहेको पर्शुरामधाम जोड्ने सडक कालोपत्र हुन लागेको छ। पर्शुराम नगरपालिका-४ कटाल गाउँदेखि पर्शुरामधामसम्मको १० किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारको १० करोड रुपैयाँ बजेटमा कालोपत्र भइरहेको पुर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell