PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

कोरोना पुष्टि भएको २४ घण्टा नबित्दै धनगढीमा एक जनाको मृत्यु



एम बम

कोरोना पुष्टि भएको २४ घण्टा नबित्दै धनगढीमा एक जनाको मृत्यु
फाइल फोटो।

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएको २४ घण्टा नबित्दै सेती अस्पतालमा मृत्यु भएको हो।

संक्रमण देखिएपछि उनी अस्थायी कोरोना विशेष अस्पतालको जनरल आइसीयूमा उपचाररत थिए। हिजो कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा उनको बुधवार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell