PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रहरी निरीक्षकको खुल्ला प्रतिस्पर्धामा प्रथम हुनेलाई ‘स्व. कुलानन्द स्मृति सर्वप्रथम पुरस्कार’ प्रदान गरिने



पहिलोपोस्ट

प्रहरी निरीक्षकको खुल्ला प्रतिस्पर्धामा प्रथम हुनेलाई ‘स्व. कुलानन्द स्मृति सर्वप्रथम पुरस्कार’ प्रदान गरिने

काठमाडौं : प्रहरी निरीक्षकको खुल्ला प्रतिस्पर्धामा प्रथम हुने उम्मेदवारलाई ‘स्व. कुलानन्द स्मृति सर्वप्रथम पुरस्कार’ प्रदान गरिने भएको छ।

सो पुरस्कारको लागि नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ‘स्व. कुलानन्द स्मृति अक्षय कोष’को स्थापना गरिएको बताइएको छ। पूर्व गर्भनर डा चिरञ्जीवी नेपालले आफ्ना बुबा स्वा. कुलानन्द ठाकुर नेपालको स्मृतिमा सो कोषको स्थापना गरेका हुन्।

स्व. कुलानन्द ठाकुर २०१५ सालमा भएको प्रहरी निरीक्षकको खुल्ला प्रतिस्पर्धामा प्रथम भएका थिए। उनको सम्झनामा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अक्षय कोषको स्थापना गरिएको डा नेपालले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell