PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

प्रदेश २ सरकारले पीसीआर परीक्षणदेखि कोरोनाको उपचारसम्मको खर्च बेहोेर्ने



रासस

प्रदेश २ सरकारले पीसीआर परीक्षणदेखि कोरोनाको उपचारसम्मको खर्च बेहोेर्ने

धनुषा : प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन्। मन्त्री साहले जनताको कोरोनाको परीक्षणदेखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्ने बताए।

मन्त्री साहले अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पीसीआर मेसिनमार्फत कोरोनाको परीक्षण भइरहेको जानकारी दिए। उनले प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, रौतहटको गौर अस्पताल र महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भइरहेको जानकारी दिए।

यसैगरी, कोरोनाको निःशुल्क उपचार जनकपुरधाम, राजविराज, वीरगंज, गौरमा भइरहेको मन्त्री साहले जानकारी दिए। प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनको लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिइसकेको सामाजिक विकास मन्त्री साहले जानकारी दिए।

यसैबीच प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा प्रमोद यादवले हरेक जिल्लाको जिल्ला अस्पतालमा पनि कोरोनाको परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell