PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोलकताको फितलो ब्याटिङ, बेङ्ग्लोरले पायो ८५ रनको झिनो लक्ष्य



पहिलोपोस्ट

कोलकताको फितलो ब्याटिङ, बेङ्ग्लोरले पायो ८५ रनको झिनो लक्ष्य
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अबुधाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताको ब्याटिङ लाइन सुरूबाटै जम्न सकेन। र, निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रनमा सीमित भएको हो। जारी सिजनमा यो सबैभन्दा सानो चुनौती हो।

कोलकताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ३० रन बनाउँदा लोकिइ फ्रेगुसनले अभिजित १९ रन बनाए।

त्यस्तै, टम बेन्टनले १० रन र कुलदीप यादवले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

कोलकतालाई सस्तैमा समेट्न मोहम्मद सिराजले ३ विकेट लिँदा युजवेन्द्र चहलले २ विकेट लिए। त्यस्तै, नवदीप शैनीले र वासिङ्टन सुन्दरले १/१ विकेट लिए।

बेङ्ग्लोर केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell