PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कोरोना संक्रमणका कारण क्यान्सर पीडित प्रहरी हवल्दारको मृत्यु



रासस

कोरोना संक्रमणका कारण क्यान्सर पीडित प्रहरी हवल्दारको मृत्यु

चितवन : कोरोना भाइरसको संक्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन्।

उनको चितवन मेडिकल कलेजमा बुधवार साँझ ४ः३० बजे मृत्यु भएको हो। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो।

असोज २३ गते कोरोना संक्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो। क्यान्सर रोगका कारण काम गर्न नसक्ने भएपछि उनले घरमानै बसेर क्यान्सरको उपचार गराई रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell