पाल्पा : कोरोना संक्रमणबाट पाल्पामा बुधवार एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा वगनासकाली गाउँपालिका-७ का ७८ वर्षीय पुरुष छन्।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना संक्रमण देखिएको थियो। लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको पन्थीले बताए। उनी दम र मधुमेहबाट पीडित थिए।