PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रुपन्देहीमा थप दुई जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा थप दुई जना संक्रमितको मृत्यु

काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका एक जना र अर्घाखाँची पाणेनीका एक जना रहेका छन्।

तिलोत्तमा नगरपालिका ४ का ८१ वर्षका पुरुषको बिहीवार बिहान १२:७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। कात्तिक १ गते कोभिड-१९ को संक्रमण पुष्टि भइ १ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको बिहीवार मृत्यु भएको हो। अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनमा ज्वोरो र स्वासप्रश्वासमा समस्या देखिएको थियो।

त्यस्तै, अर्घाखाँची पाणेनी गाउँपालिका ७ का ३८ वर्षका पुरुषको बुधवार राती ९:२४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

असोज २२ गते कोभिड-१९ संक्रमण पुष्टि भएका उनलाई सोही दिन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

ज्वोरो र स्वासप्रश्वासमा समस्या रहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो। यससँगै लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ५३ पुगेको छ। जसमध्ये रुपन्देहीका मात्र ४१ र बाहिरी जिल्लाका १२ जना छन्।

हाल कोभिड अस्थायी अस्पतालमा ४५ जना कोभिड-१९ संक्रमितको उपचार भइरहेको छ। जसमध्ये १६ जना आइसीयूमा उपचाररत थिए। जसमध्ये २ जनाको मृत्यु भएको हो।

त्यस्तै, अस्पतालको आइसोलेसनमा वार्डमा २५ जना संक्रमितको उपचार भइरहेको छ भने फिवर क्लिनिक आइसोलेसनमा ४ जना रहेका छन्।

हालसम्म १ सय ८१ जना संक्रमित कोभिड-१९ नेगेटिभ पुष्टि भई डिस्चार्ज भएका छन्।

अस्पतालमा भर्ना भएकामध्ये १३ जना गर्भवती महिलाको अप्रेसन तथा ४ जनाको नर्मल डेलिभरी भएको अस्पतालले जनाएको छ।

त्यस्तै, कोभिड-१९ संक्रमित २१ जनाको डायलासिस भइरहेको छ। अस्पतालमा हालसम्म २२ हजार ३ सय ५० को नमुना परीक्षण भएकोमा आरटी-पीसीआर प्रणालीबाट परीक्षण गर्दा दुई हजार ८ सय ३४ जनाको पोजेटिभ पुष्टि भएको छ। भने ४ सय ८० जनाको जिन एक्पर्ट  ल्याबमा परीक्षण गर्दा १ सय ६० जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell