PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अध्याँरोमै सिकाली जात्राको तयारी : कोरोनाको त्रासले रोकेन पर्व

अध्याँरोमै सिकाली जात्राको तयारी : कोरोनाको त्रासले रोकेन पर्व

पहिलोपोस्ट /पहिलोपोस्ट


कोरोना भाइरसको संक्रमणका कारण यसपटक अधिकांश चाडपर्वहरु प्रभावित बने। दशैं लागे भए पनि पहिला झै माहौल छैन। 

यता दशैं नमनाउने ललितपुरको खोकनालाई भने जात्रा मनाउन कोरोना भाइरसले रोकेन। दशैको छैटौं दिन खोकनामा मुख्य जात्रा हुन्छ। त्यसैको तयारीमा आज बिहानै सिकाली चौरमा खोकनाबासी पुगेर पूजा गरे। 

घटस्थापनाको दिन देशैभर जमरा राखेर देवी दुर्गाको पुजा गरिँदा खोकनामा भने सिकाली जात्राको रौनक सुरु हुन्छ। घटस्थापनाको दिन खोकनामा मचा: पूजा गरिन्छ। किराँती भेषमा कुमार केटाहरुलाई सिकाली चौरमा रहेको मन्दिरमा लगेर विशेष गोप्य पूजा गरिन्छ। उनीहरुले त्यहाँ चार दिनसम्म मन्दिरमा पूजा गर्छन्। त्यस समय सो चौरमा मानिससँगै पशुपन्छीलाई समेत प्रवेश निषेध गरिन्छ।

तृतीयाका दिन भने रुद्रायणी गुठीका सदस्यहरु दिनभरि ब्रत बस्छन्। चौथो दिन प्रत्येक घरमा छ्वयालाबु गरी भोज खाइन्छ। पञ्चमीका दिन खोकनामा मुख्य जात्रा हुन्छ। रुद्रायणी मन्दिरबाट देवतालाई बाहिर निकालेर खटमा राखिन्छ। त्यसैदिन बेलुकातिर एउटा राँगालाई खोकनाको कोट क्षेत्रबाट बाहिर लगेर बलि दिइन्छ। बिहान १-२ बजेतिर खटमा राखिएका देवतालाई बोकेर सिकाली मन्दिरमा लगेर प्रतिस्थापन गरिन्छ।
उज्यालो नुहुँदै आज सिकालीमा स्थानीय युवाहरु देवतालाई खटमा राखेर सिकाली पुगेका थिए। अहिले सिकाली चौरमा नै रुद्रायणी देवगणहरु उफ्रिँदै नृत्य प्रस्तुत गरिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell