PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चार्डपर्व सँगै नक्कली नोटको धन्दा : गाँजा बिक्री गर्दा नक्कली नोट!



पहिलोपोस्ट

चार्डपर्व सँगै नक्कली नोटको धन्दा : गाँजा बिक्री गर्दा नक्कली नोट!

काठमाडौं : प्रहरीले नक्कली नोटको कारोबार गरेको अभियोगमा एक जनलाई पक्राउ गरेको छ।

चितवनको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले मकवानपुर राक्सीराङ् ८ बस्ने २६ बर्षीय जीतबहादुर लोप्चनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले एक हजार दरका ३ सय २१ थान नक्कली नोट समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिए।

कसरी समातिए?

कार्तिक ४ गते चितवन राप्ती नगरपालिका वडा नम्बर ५ भण्डारा बजारमा जितबहादुरले खाजा खाए। त्यसपछि उनले हजारको नोट पसलेलाई दिए। तर, केही समयपछि पसलेलाई जीतबहादुरले दिएको नोटमा शङ्का लाग्यो। त्यसपछि उनले प्रहरीलाई खबर गरे।

इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमामा टोली पुग्यो। प्रहरी पुग्दा सामान किन्ने मानिस निस्किसकेका थिए। प्रहरी पुगेर हेर्दा नोट नक्कली भएको साबित भयो। त्यसपछि पसलेले दिएको हुलियाको आधारमा जीतबहादुरको खोजी गर्‍यो।

पसलेले दिएको हुलियाका आधारमा प्रहरी ती युवकलाई समात्न सफल भयो। त्यस्तै, खाजा घरमा समेत ७ वटा हजारको नोट फेला परेको थियो। त्यस्तै, केही दिनमा उनले मकवानपुर राक्सीराङ गाउँपालिका ८ हलिजेस्थित घरमा समेत नक्कली नोट राखेको बताए।

प्रहरी घरमा पुगे मकैको खलियामा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा हजार दरको ३ सय २ थान नोट फेला पार्‍यो।

'अहिलेसम्म ३ सय २१ वटा नोट फेला पारेको छ। थप अन्यतिर पनि खर्च गरेको छ कि भनेर अनुसन्धान गरिरहेका छौँ,' डीएसपी थापाले भने।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। नक्कली नोट कहाँबाट आयो भन्ने खुलेको छैन। तर, प्रहरीको प्रहरीसँगको बयानमा युवकले नोट आफूलाई गाँजा बिक्री गर्दा दिएको बताएका छन्।

'उसले गाँजा बिक्री गर्दा पाएको भन्ने बताएको छ। तर यही हो भन्ने छैन,' डीएसपी थापाले भने।

दशैंको तथा चाडपर्वको समयमा नक्कली नोट कारोबारीहरू बढी सक्रिय हुने गरेका छन्। त्यसैले नोटको कारोबार गर्दा ध्यान दिनुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell