PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

साँखुमा टेम्पो दुर्घटना हुँदा १ जनाको मृत्यु, चार जना घाइते



रासस

साँखुमा टेम्पो दुर्घटना हुँदा १ जनाको मृत्यु, चार जना घाइते

काठमाडौं : शङ्खरापुर नगरपालिका स्थित साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी काभ्रेको मण्डन देउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए।

१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो। दुर्घटनामा चार जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको खरेलले बताए। उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell