PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सुरक्षा अधिकारीले भने : रूस र इरानसँग अमेरिकी मतदाताहरूको जानकारी छ



पहिलोपोस्ट

सुरक्षा अधिकारीले भने : रूस र इरानसँग अमेरिकी मतदाताहरूको जानकारी छ
Getty Images

अमेरिकाका राष्ट्रिय सुरक्षा अधिकारीहरूले रूस र इरानले अमेरिकी मतदाताहरू बारे जानकारी लिएको बताएका छन्। आउँदो नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपति चुनावका मतदाता प्रभावित पार्ने काम भइरहेको अधिकारीहरूको दावी छ।

बुधवार आयोजित प्रेस सम्मेलनमा मतदाताहरूलाई गतल सूचना प्रवाह दिनका लागि रुस र इरानबाट सम्पर्कको कोसिस भएको बताइयो। बीबीसीका अनुसार प्रजातान्त्रिक पार्टीका मतदाताहरूलाई इरानबाट केही धम्किपूर्ण इमेलसमेत आएको छ।

त्यहाँको नेशनल इन्टेलिजेन्सका निर्देशक जोन रेटक्लिफका अनुसार ती इमेल दक्षितपन्ती ट्रम्प समर्थक समूहबाट आएका हुन्। जसको धेय अशान्ती फैलाउनु हो। मतदातालाई तर्साउनु र अराजकता फैलाउनु हो।  रेटक्लिफले अमेरिकी अधिकारीहरूलाई इरानले मतदाताको दर्ताबारे केही जानकारी समेत पाएका छन्।

उनले चुनावमा मत खसाल्नेहरूलाई धम्कीसहितको इमेल आएको खण्डमा चिन्तित नहुन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell