काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखसँग प्रधानमन्त्रीको भेट आपत्तिजनक भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्तकुमार गोयलबीच बुधवार राती बालुवाटारमा भेट भएको थियो। भेटमा नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयबाट भेटको पुष्टि भएसँगै पूर्वमन्त्रीसमेत रहेका नेता रावलले यसलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीतको गतिविधि भनेका छन् ।
भेट नेकपाको विचार, नीति र घोषणाको विपरीत भएको रावलको भनाई छ।
नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 22, 2020
