PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विराटनगरमा निजी क्षेत्रको पीसीआर ल्याब संचालनमा, सबै प्रकारका परीक्षण गरिने



अनन्तराज न्यौपाने

विराटनगरमा निजी क्षेत्रको पीसीआर ल्याब संचालनमा, सबै प्रकारका परीक्षण गरिने

विराटनगर : कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको विराटनगर महानगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्याथोलोजी प्रयोगशालाको संचालन आरम्भ गरिएको छ। प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिहिबार प्रयोगशालाको उद्घाटन गरे।

विराटनगरका उद्योगपति महेश जाजू, प्रकाश मुन्दडा र नवीन रिजालको लगानीमा संचालनमा ‘बी स्योर’ नामको प्रयोगशाला विराटनगरको बरगाछी चौकमा संचालनमा आएको हो। करिब ५ करोडको लगानीमा ल्याब स्थापना गरिएको हो।

उद्घाटनको अवसरमा मन्त्री कार्कीले जनता भोकले मर्दैन भन्ने केन्द्र सरकारले स्वास्थ्यसम्बन्धी अरू दायित्वबाट पर सर्न मिल्दैन भन्ने विचार व्यक्त गरे।

मन्त्री कार्कीले संघीय सरकारको निर्णय सुनाउँदा त्रुटि भएको हुँदा समाजले अर्कै अर्थको रूपमा लिएको उल्लेख गर्दै अशक्त बिरामीको उपचारका लागि प्रदेश सरकार तयार भएको जानकारी दिए।

‘एउटा प्रयोगशालाले दिएको पीसीआर रिपोर्ट अर्को प्रयोशालामा फरक पर्न थालेको छ’, उनले भने, ‘पीसीआर रिपोर्ट त्रुटिपूर्ण भएकाले मानिस अकालमै मर्न थालेका छन्। यस्ता बेलामा निजी क्षेत्रबाट विश्वसनीय र अत्याधुनिक प्रयोशाला अझै स्थापना गरिनु पर्छ।’

प्रयोगशालाका प्रबन्ध निर्देशक नवीन रिजालले प्रयोगशालामा सरकारले तोकेबमोजिमको शुल्क लिएर पीसीआर परीक्षण गरिने जानकारी दिए।

रिजालले प्रयोगशालामा मधुमेह, थाइराइड, क्रिटेनिन, प्रोटिन, लिपिड प्रोफाइल लगायत सबै प्रकारका परीक्षण गरिने बताए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell