पप स्टार एड सेरनले आफ्ना व्यक्तिगत् सामानहरू सहयोगार्थ 'अक्सन'का लागि उपलब्ध गराएका छन्। ती सामानमा उनले हातले लेखेका गीतहरू समेत रहेका छन्।
उनको ठाउँ सफ्फ्लोकका युवाहरूलाई सहयोग गर्न ती सामान दिएका हुन्। जिविज नामक संस्थाले इप्सविचको एक खेल मैदान पुनर्निर्माण गर्दैछन्। सोही कार्यको लागि सेरनले सहयोग पुर्याएका हुन्। बीबीसीका अनुसार मैदान विशेष शिक्षा र सेवा आवश्यक भएका बालबालिकाहरूका लागि बनाइन लागेको हो।
इच्छुक मानिसहरूले सेरनको बाल्यकालका खेलौनामा दाम लगाउन सक्नेछन्। डेभिड बेक्ह्याम, उसेन बोल्ट, काइली मिनोगलगायतले पनि आफ्ना सामानहरू अनलाइन अक्सनमा राखेका थिए।
२९ वर्षीय सेरनको बाल्यकालदेखि स्टार बन्दासम्मको यात्राको कथा प्रदर्शनीको अन्तिम दिन नै अक्सन समापन हुनेछ। यस कार्यक्रमलाई उनका आमाबुबाको सक्रियतामा आयोजना गरिएको हो।
