PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मोरङका २९९ सहित प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिए, ४१८ जना संक्रमणमुक्त



फूलमाया पुरी

मोरङका २९९ सहित प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिए, ४१८ जना संक्रमणमुक्त

विराटनगर : प्रदेश १ मा बिहीवार ६३७ जना कोरोना संक्रमित थपिएका छन्। जसमा मोरङका २९९, सुनसरीका १८०, झापाका ११०, उदयपुरका १३, इलामका ८, ताप्लेजुङका ६, संखुवासभाका ३, खोटाङ र धनकुटाका १/१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र २१४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष रहेका छन्। मोरङकै सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९/९, मोरङको रंगेली र बुढीगंगामा ७/७, पथरीशनिश्चरे र लेटाङमा ५/५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३/३, धनपालथान र ग्रामथानमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यस्तै, सुनसरीको धरानमा १०३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३/३, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, झापाको दमकमा ३४, विर्तामोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बाह्रदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनामा पनि बिहीवार नै संक्रमण पुष्टि भएको छ।

यता उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २/२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १/१, संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १/१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ।

प्रदेश १ मा बिहीवार ४१८ जना डिस्चार्ज भएका छन्। जसमध्ये होम आइसोलेसनबाट ३९७, कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६२५ पुगेको छ।

प्रदेश १ मा बिहीवार १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १९७ महिला र ४४० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ५१ हजार ६०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell