PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

राजस्थानले हैदराबादलाई दियो १ सय ५५ रनको लक्ष्य



पहिलोपोस्ट

राजस्थानले हैदराबादलाई दियो १ सय ५५ रनको लक्ष्य
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा राजस्थान राेयल्सले सनराइजर्स हैदराबादलाई १५५ रनकाे औशत लक्ष्य प्रस्तुत गरेकाे छ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएकाे राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमउँदै १५४ रन जाेडेकाे हाे।

राजस्थानका लागि सञ्जु सामसनले ३६ रन जाेड्दा बेन स्टाेकले ३० रन बनाए। त्यस्तै त्यस्तै रियान परागले २० रन बनाउँदा राेबिन उथप्पा र कप्तान स्टिभ स्मिथले समान १९ रन बनाए। त्यस्तै जाेफ्रा आर्चर १६ रनमा अभिजित रहे।

हैदराबादका लागि जेसन हाेल्डरले ३ विकेट लिँदा विजय शंकर र राशिद खानले समान १/१ विकेट लिए।

हैदराबाद केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell