PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

वीरगंजमा यसरी भित्र्याइयो फूलपाती

वीरगंजमा यसरी भित्र्याइयो फूलपाती

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : दशैंको एक विशेष दिन सप्तमी अर्थात फूलपातीका दिन घरघरमा फूलपाती भित्र्याइँदै छ। आर्थिक नगरी वीरगंजको गहवामाईमा पनि विशेष पूजापाठ गरी फूलपाती भित्र्याइएको छ। पौने ९ बजे नेपाली सेनाको वीरगंजस्थित चण्डीप्रसाद गणबाट डोला निकालिएको थियो भने पौने १० बजे मालपोत कार्यालय पर्सामा रहेको निशन भगवतीको मन्दिरबाट डोला लिएर बाजागाजाका साथ गहवामाईमा पुर्‍याइएको थियो।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त, चण्डीप्रसाद गण वीरगंजका गणपति मदनजंग राणाललगायत सुरक्षा अधिकारी वीरगंज महानगरका मेयर विजयकुमार सरावगी, शान्ति कार्कीलगायतको टोली फूलपाती भित्र्याउने टोलीमा सामेल थिए। फूलपाती भित्र्याएर गहवाई माईको मन्दिरमा विशेष पूजापाठ गरी सर्वासधाराणको लागि पनि पूजापाठ शुरु गराइएको थियो। कोरोना महामारी र संक्रमणको जोखिम रहेको अवस्थामा पर्सा प्रशासनले पर्साको वीरगंजमा रहेका तीन वटा शक्ति पीठमा सर्वसधारणको लागि दर्शन तथा पूजापाठमा रोक लगाउँदै निषेधित क्षेत्र घोषणा गरेको छ।

तर पनि प्रशासनबाट भीडभाड नियन्त्रणमा आउन सकिरहेको छैन। गहवाई माईको गेटमै दैनिक बिहान, बेलुका हजारौ मानिस गएर पूजापाठ गरेर फर्किरहेका छन्। दृश्यमा वीरगंजको फूलपातीको झलक र गहवाईमाईमा दर्शन गर्न पुगेको श्रद्धालुहरु :



ट्रेन्डिङ पोस्ट

Ncell