PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

दशैं मनाउन विदामा घर पुगेका  सैनिक जवानको करेन्ट लागेर मृत्यु



रासस

दशैं मनाउन विदामा घर पुगेका  सैनिक जवानको करेन्ट लागेर मृत्यु

पाँचथरः तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ।

नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएको खुलेको ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell