PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमत सदस्यले अस्विकृत गर्ने निर्णय



पी बी खड्का

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमत सदस्यले अस्विकृत गर्ने निर्णय

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय भएको छ।

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावको विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकटका सांसदहरुले यस्तो निर्णय गरेका हुन्।

बिहानैदेखि बसेको दलको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका ११ सांसद उपस्थित नभए पनि अध्यक्ष दाहाल र नेता नेपालबीचको समीकरणले अविश्वासको प्रस्ताव अस्वीकृत गर्न सजिलो भएको हो।

तिन मन्त्रीसहित एक सचेतक पद पाउने आश्वासन पाएसँगै नेता नेपाल पक्षका सात सांसद ब्याक भएर सत्ता समीकरणका लागि छलफल भईरहेको छ।

असोज २५ गते मुख्यमन्त्रीका आकांक्षी यामलाल कंडेलको नेतृत्वमा सत्तारुढ दलभित्रकै १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell