PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

काठमाडौंबाट साथीसँग घुम्न पोखरा पुगेका युवकको शंकास्पद मृत्यु !



पहिलोपोस्ट

काठमाडौंबाट साथीसँग घुम्न पोखरा पुगेका युवकको शंकास्पद मृत्यु !

काठमाडौः भारत आन्द्रा प्रदेश घर भई काठमाण्डौ स्यमम्भु स्थित डेरा गरि बस्ने एक युवकको पोखरामा शंकास्पद मृत्यु भएको छ।

मनमोहन मेडिकल कलेज काठमाण्डौमा अध्ययन गर्ने वर्ष २५ को किशोर कुमारको बिहिवार राति मृत्यु भएको हो।

साथीहरुसँग पोखरा घुम्न पुगेका किशोर अचानक बिरामी भएको भन्दै साथीहरुले ११ बजे अस्पताल पुर्‍याएका थिए। त्यसको ५ मिनेटमा नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकरी दिएको छ।

प्रहरीको अनुसन्धानमा युवकले नशालु पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell