PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

प्रदेश नं १ का आन्तरिक मामिलामन्त्री कार्कीलाई कोभिड १९ सङ्क्रमण



रासस

प्रदेश नं १ का आन्तरिक मामिलामन्त्री कार्कीलाई कोभिड १९ सङ्क्रमण

मोरङः प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई  कोभिड १९ सङ्क्रमण भएको छ।

मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्दा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएको हो। उनको अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसिरहेका छन्। मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ।

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ।  उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell