PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

दुई हिमाल चढेर फर्कियो बहराइनका राजकुमारको टोली, खाडीमा नेपालको प्रचार हुने आशा



पहिलोपोस्ट

दुई हिमाल चढेर फर्कियो बहराइनका राजकुमारको टोली, खाडीमा नेपालको प्रचार हुने आशा

काठमाडौं : बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलीफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रवार आफ्नो मुलुक फर्किएका छन्।

कोभिड १९ को विश्वव्यापी संक्रमणसँगै धराशायी बनेको पर्यटन क्षेत्रमा 'हाइ प्रोफाइल' भ्रमण र आरोहणले अर्थपूर्ण भूमिका राखेको छ। विश्वपर्यटन क्षेत्रमा सुधार आएलगत्तै नेपाललाई यसलाई 'क्यास' गर्ने सम्भावना पनि छ।
३७ दिनको अवधिमा सोलुखुम्बुको लोबुचे र गोरखाको मनास्लु हिमाल आरोहण गरेका खलिफाले नेपालको आत्थ्यता र प्राकृतिक सौन्दर्यताको प्रशंसा गरेका छन्।   

‘नेपालप्रति मेरो यति लामो बसाईमा कुनै गुनासो छैन। यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो। यो बसाईँको अनुभव मध्यपूर्वीय क्षेत्रका जनतामा बाँढ्ने छु,’ राजकुमार खलिफाले भने।   

संस्कर्ति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राजकुमार खालिफाको नेपालका हिमाल आरोहणमार्फत पूरै मध्यपूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार भएको बताएका छन्। उनले राजकुमार खलीफालाई आभार व्यक्त गरे।  

मन्त्री भट्टराईले दुईपक्षीय पर्यटन प्रवर्द्धनका लागि बहराइनसँग दुई पक्षीय हवाई उडान सेवा सुरु गर्नका लागि राजकुमार खालिफालाई अनुरोध गरे। 
नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलीफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो। टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत् १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए। 

उक्त टोलीले ८,५१६ मीटर अग्लो मनास्लु र ६,११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो। यो टोलीले मनास्लु हिमाल बेस क्याम्पबाट आठ दिनमा सफल आरोहण गरेको थियो। आरोहणका क्रममा टोलीले मनास्लु हिमालको १९,०० किलो फोहोर मैला सफा गरेको थियो भने लोबुचेको सबै फोहोर सफाई गरेको मन्त्रालयले जनाएको छ। 

शुक्रवार राजकुमार खलीफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा विदाई गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell