PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अर्को दशैं रिलिज टार्गेटसहित फिल्म ‘चिलगाडी’ घोषणा



पहिलोपोस्ट

अर्को दशैं रिलिज टार्गेटसहित फिल्म ‘चिलगाडी’ घोषणा

काठमाडौं : फिल्म 'चिलगाडी' बन्ने भएको छ। कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा जारी प्रतिबन्धबीच फिल्म घोषणा गरिएको हो।

युवा पुस्ता केन्द्रित फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन्। निर्देशक समाजका महासचिव समेत रहेका जनकदिप पराजुलीले फिल्म निर्देशन गर्नेछन्। र, सागर प्रधानले खिच्नेछन्। सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने ‘चिलगाडी’मा नाजिर हुसेन अनुबन्धित भएका छन्। फिल्मका लागि अभिनेत्री चुनिएकी छैनन्।

छायाँकनका लागि फागुनदेखि फ्लोरमा निस्कने फिल्म अर्को वर्षको दशैंमा सार्वजनिक हुने टार्गेट राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell