PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तस्करीको नयाँ 'ट्रिक' : १६ लिटरको मोटरसाइकल ट्याङ्कीमा २ लिटर पेट्रोल, बाँकी चाहिँ तस्करीको सामान!



राधेश्याम पटेल

तस्करीको नयाँ 'ट्रिक' : १६ लिटरको मोटरसाइकल ट्याङ्कीमा २ लिटर पेट्रोल, बाँकी चाहिँ तस्करीको सामान!

वीरगंज : नेपाल–भारतको वीरगंज– रक्सौलमा मोटरसाइकलबाट सुनचाँदी र हुन्डीको रकम ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज २ छपकैयाका प्रदीप साह सुनार रशम्भु राउत रहेका छन्। प्रहरीको अनुसन्धानमा तानिएका प्रदीपका बुबा बाबुलाल साह सुनार भने फरार रहेका छन्।

कार्तिक ५ गते प्रदीपको गोदामबाट निस्केको दुई वटा भारतीय मोटरसाइकललाई श्रीराम हल नजिककै रोकेर चेक जाँच गर्दा सीमा क्षेत्रमा हुन्डीको रकम तथा सुनचाँदीका गहनाहरू ओसारपसार गर्ने किसिमको मोटरसाइकल फेला परेको हो। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीका अनुसार १६ लिटरको मोटरसाइकलको टयाकीमा २ लिटर तेल र बाँकीमा समान राख्न सकिने टयाङकी वल्डिङ गरी बनाइएको थियो।

बीआर ०५ एफ ३२५२ र बीआर ०५ ए ५५६३ नम्बरको दुई वटा मोटरसाइकलमा निस्केपछि प्रहरीले बाइकलाई फलो गर्दै बाटोमा रोकेर चेक जाँच गरेको थियो। त्यसपछि गोदाममा गएर खानतलासी गर्दा ५ लाख नेपाली रुपैयाँ र २ किलो ९ सय ९० ग्रामको विभिन्न चाँदीको गहना फेला परेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, सोही गोदाममा ५\७ वटा मोटरसाइकलमा फिट हुने कृत्रिम ट्याङकी भेटिएको प्रहरीले जानकारी दिएको छ। पेट्रोल राखिने ट्याङ्कीमा सुनचाँदी वा पैसा राखेर पर्सा बाराको ग्रामीण नाकाबाट उनीहरूले वस्तुको ओसारपसार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

गत शुक्रवार पर्सा प्रहरीले वीरगंज ५ रेशम कोठीस्थित गणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्याटलाई खानतलासी गर्दा करिब २३ किलो सुन र केही चाँदीको गहना पनि फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell