PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै



पहिलोपोस्ट

चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। आज अपरान्ह ४ बजेर २५ मिनेटमा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

कुन विषयमा उनले सम्बोधन गर्ने भन्नेबारे अहिले केही खुलाइएको छैन।

'सम्बोधनकै क्रममा थाहा हुन्छ। दशैंको शुभकामनाका लागि हो या अरु नै विषयमा हो भन्नेबारे,' उनले भने। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद फेरि चुलिएका बेला ओलीले सम्बोधन गर्न लागेका हुन्।

शुक्रवार नै प्रधानमन्त्री पक्षका नेता यमलाल कडेँलले कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन दर्ता गरेको अविश्वासको प्रस्ताव वहुमतले अस्वीकृत भएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड निकट मुख्य मन्त्री शाहीलाई हटाउन वरिष्ठ नेता माधव नेपाल पक्षधरले सुरुवातमा ओलीलाई साथ भए अन्त्यमा पछि हटेका थिए। त्यसपछि ओली समूहको कर्णालीमा 'हार' भएको हो। भारतीय अनुसन्धान तथा विश्लेषण (रअ) का प्रमुख सामान्त कुमार गोयललाई बालुवाटारमा प्रम ओलीले भेटेपछि उनको आलोचना भइरहेको छ। नेकपा भित्र ओलीले कुटनीतिक मर्यादा नाघेको आरोप लागिरहेका बेला ओलीको सम्बोधन आउन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell