PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

रहिनन् 'स्नो ह्वाइट'



पहिलोपोस्ट

रहिनन् 'स्नो ह्वाइट'

वाल्ड डिज्नीको कार्टुन 'स्नो ह्वाइट एण्ड सेभेन ड्राफ'की मुख्य कलाकार मार्ज च्याम्पियनको निधन भएको छ। हलिउड रिपोर्टरका अनुसार मार्जले एक सय १ वर्षको उमेरमा लस एन्जलस्थित घरमा उनको मृत्यु भएको हो।

उनी एम्मी अवार्ड विजेता समेत हुन्। सन् १९७५ मा टिभी फिल्म 'क्वीन अफ द स्टारडस्ट बलरुम'मा गरेको कोरियोग्राफीका लागि अवार्ड जितेकी थिइन्।

सन् १९१९ मा जन्मिएकी मार्जले १४ वर्षको उमेरदेखि स्नो ह्वाइटको भूमिका निर्वाह गरेकी थिइन्। दुई वर्षसम्म मानिक एक वा दुई दिन छायाँकनका लागि धाइन्। उक्त भूमिका निभाए बापत् एकदिनको दश डलर पारिश्रमिक पाउँथिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell