PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

कोभिड १९ संक्रमण भएका वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो



रासस

कोभिड १९ संक्रमण भएका वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

वाग्मतीः कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसिरहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

मुख्यमन्त्री  पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि काठमाडौं लगिएको छ।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो। एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो।  नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौं लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। 

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ। एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell