PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कोरोना भाइरसविरुद्ध खटेका 'फ्रन्टलाइनर' बने मनिष र रेश्मा



पहिलोपोस्ट

कोरोना भाइरसविरुद्ध खटेका 'फ्रन्टलाइनर' बने मनिष र रेश्मा

काठमाडौं : कोरोना महामारीबीच फ्रन्टलाइनमा रहेर बिरामीको सेवा गर्ने दुई डाक्टरको प्रेम म्यूजिक भिडियोमार्फत् देखाइएको छ। सुगम पोखरेल र कबिता श्रेष्ठको स्वर रहेको 'निदाउँके सपनीमा' बोलको गीतको भिडियो यूट्युब रिलिज भएको हो।

गीतमा रमेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत रहेको छ।

भिडियोमा ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरेको अभिनय रहेको छ। गीतको भिडियोले फ्रन्टलाइनमा रहेर बिरामीको उपचार गर्ने डाक्टर आफै संक्रमित हुनुपरेपछिको अवस्थालाई देखाइएको छ।

भिडियोको निर्देशन चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले गरेका हुन्। सन्तोष भन्छन्, ‘म्यूजिकल लभ स्टोरीमा दुई डाक्टरको प्रेम देखाउन खोजेको हुँ। यो गीत कोरोना महामारी बीचमा फ्रन्टलाइनमा रहेर काम गर्ने सबैलाई सम्मान स्वरुप समर्पण गरेका हौँ। गीतमा नागरिकको सेवा गर्दै गर्दा कोभिड-१९ को संक्रमण भएपश्चातको कथा देख्न सकिन्छ।’

बिरामीको उपचारमै रहँदा कोरोना संक्रमण भएका डाक्टरलाई समाजले गरेको दुर्व्यवहार सम्झँदै निर्देशक सेन भन्छन्, ‘जीवनमा सबैभन्दा नजिक भएको मान्छे चाड पर्वको समयमा कोभिड-१९ बाट संक्रमण हुँदा कसैको मनमा के बितेको होला ! त्यहिँमाथी कोरोना संक्रमणपछि समाजले छिछि दुर दुर गर्ने, हेला भावले हेर्ने गरेको पाईयो । आफ्नो ज्यानको बाजी राखेर उहाँहरुले नै फ्रन्टलाईनमा बसेर बिरामीको उपचार गरिरहनु भएको हुन्छ । उहाँहरुले कोरोना संक्रमित भनेर कसैको अपहेलना गर्नुभएको छैन । उहाँहरुको कामलाई सम्मानस्वरुप यो गीत ल्याएका हौँ ।’

पुरुषोत्तम प्रधानले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। साथै रेनिश फागोको कलर ग्रेडिङ रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell