PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोरोना विरुद्धको लडाई अस्त्रका रुपमा प्रयोग गर्नु ठिक हुँदैन : प्रम ओली



पहिलोपोस्ट

कोरोना विरुद्धको लडाई अस्त्रका रुपमा प्रयोग गर्नु ठिक हुँदैन : प्रम ओली
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को महामारीका कारण देश अनिश्चयको अवस्थामा रहेको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै ओलीले अझै कोभिड-१९ को संक्रमण बढ्नस क्ने बताएका हुन्। उनले कुन बेला को संक्रमित भएर स्वास्थ्य बिग्रने हो पत्तो नभएको बताएका छन्।

'विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । यस घडीमा हामी, परिवारमा सँगै भएकाहरु पनि परपर बस्न बाध्य छौं,' उनले भने।

दशैंको अवसरमा सम्बोधन गर्दै ओलीले बुद्धिमत्ताका साथ विभिन्न चाडपर्व र उत्सवहरुको विकास भएको बताए। चाडवाडहरु उत्सव मात्रै नभइ सामाजिक प्रवन्धका आधारहरु भएको ओलीको तर्क छ।

उनले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिलाई सजग भएर दशैं मनाउनु आग्रह गरे। दशैंको मुखमा महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको ओलीले बताए।

कोरोना नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको दावी गरे।

संक्रमितको उपचार र परीक्षणको जिम्मा सरकारले लिने उनको भनाई छ।

'सम्पूर्णलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ,' उनले भने।

जनताको सकारात्मक सहयोगका कारण मृत्युदर अझै ०.६ प्रतिशतभन्दा माथि जान नसकेको ओलीले बताए। हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्षमात्र नभई हामी नेपालीको परम्परा नै भएको ओलीको भनाई छ।

संक्रमितका परिवारले नसक्ने घोषणा गरेमात्रै सरकारले उपचार गर्ने ओलीले बताए। 

'सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ,' उनले भने।

महामारी विरुद्धको लडाईं राजनीति स्वार्थहरुको टकरावसँग सम्बन्धित नभएको उनले बताए।

'कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाईंको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग गर्नु त किमार्थ पनि उचित हुँदैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell