PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेकपा नेता चौरसियाको मृत्युपछि जाहेरी दर्ता गराउन मातृका यादव पुगे वीरगंज, प्रहरी कार्यालय अगाडि दिए धर्ना



राधेश्याम पटेल

नेकपा नेता चौरसियाको मृत्युपछि जाहेरी दर्ता गराउन मातृका यादव पुगे वीरगंज, प्रहरी कार्यालय अगाडि दिए धर्ना

वीरगंज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व माओवादी समुहले शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरेको छ। नेकपाका नेता तथा पूर्व मन्त्री मातृका यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सामा अपरान्ह ४ बजे पुगेका टोली प्रहरी कार्यलय बाहिर धर्नामा समेत बसेको थियो।

बिहीवार पर्साको विन्दापसनी ५ प्रसौनीभाठामा झडपमा परी घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो। बिहीवार दिउँसो १२ बजे प्रसौनीभठामा भएको नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप हुदाँ ८ जना घाइते भएको थिए। ७ जना उपचार गरी घर फर्केका छन्। मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारको क्रममा नै उनको मृत्यु भएको थियो।

विन्वासिनी–२ का चौरसिया पछिल्लो निर्वाचनमा पूर्व माओवादीको कोटाबाट वडा अध्यक्षमा लडेर पराजित भएका थिए।

पूर्व माओवादी समुहद्वारा आयोजित कार्यक्रममा पूर्व एमाले समुहले आफुहरुलाई बाईपास गरेको भन्दै कार्यक्रम विथोल्न पुगेका प्रत्यक्षदर्शी बताउँछन्। यस घटनामा प्रथम संविधान सभामा पर्सा क्षेत्र नं ३ बाट निर्वाचित राजकुमार गुप्ताको भूमिका हुने सक्ने प्रत्यक्षदर्शीले बताएका छन्।

पर्सा प्रहरीले घटना बारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले लास बुझ्न मानेका छैनन्। यादव नेतृत्वको टोलीले उक्त घटनाको छानविन गर्दै संलग्न दोषीलाई कारवाहीको माग गर्दै धर्नामा बसेका थिए।

पर्सा प्रहरीले लासलाई पोस्टमार्टको लागि नारायणी अस्पतालमा पठाएको छ।

पर्सा प्रहरीले हाल राजकुमार गुप्ताको घर वरपर सुरक्षा निगारानी बढाएको छ। पूर्व माओवादी कार्यकर्ताबाट आक्रमण हुन सक्ने भएकोले उनलाई सुरक्षा प्रदान गरिएको छ।

घटनास्थलमा गुप्ता नभएकोले अनुसन्धानबाट उनको संलग्नता देखिएको खण्डमा कारवाही हुने पर्सा प्रहरी उपरीक्षक गंगा पन्त बताइन्। घटनाको बारे अनुसन्धान भइरहेको भन्दै उनले शनिवार मुद्दा दर्ता बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell