PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सुडान र इजरायलबीच शान्ति सम्झौता



पहिलोपोस्ट

सुडान र इजरायलबीच शान्ति सम्झौता
Reuters

सुडानले इजरायलसँगको सम्बन्ध सामान्य बनाउने सम्झौता भएको छ। दुई देशबीचको शान्ति सम्झौताबारे यी दुई देश र अमेरिकाले संयुक्त विज्ञप्ती जारी गरेको छ।

लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद प्रायोजित गर्ने देशको अमेरिकी सूचीबाट सुडानलाई हटाएका छन्। सूचीमा रहुन्जेल सुडानले अमेरिकाको आर्थिक एवं अन्य सहयोग पाएको थिएन।

यसअघि संयुक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँग शान्ती सम्झौता गरेका थिए। यी दुई पहिलो खाडी देश हुन् जसले पछिल्लो २६ वर्षमा पहिलो पटक इजरायललाई मान्यता दिए।  

सुडान, इजरायल र अमरिकाको संयुक्त विज्ञप्तीका अनुसार केही सातामा तीनै देशका प्रतिनिधिमण्डलको बैठक आयोजना हुनेछ। बैठकमा तीनो देशको कृषि, विमान र प्रवासन सम्बन्धी मुद्दामाथि चर्चा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell