PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पूर्वसभासद गुप्ताको योजनामा मुकेशको हत्या भएको आरोप, न्याय माग्दै पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा धर्ना जारी



राधेश्याम पटेल

पूर्वसभासद गुप्ताको योजनामा मुकेशको हत्या भएको आरोप, न्याय माग्दै पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा धर्ना जारी

वीरगंज : नेकपाका स्थानीय नेता मुकेश चौरासियाको हत्यामा पूर्व सभासद् नै संलग्न रहेको मुकेशको परिवारजनले आरोप लगाएका छन्। प्रथम संविधान सभामा नेकपा एमालेबाट पर्सा क्षेत्र नं ३ मा निर्वाचित भएका संविधासभा सदस्य राजकुमार गुप्ताको योजनामा मुकेशको हत्या भएको उनको परिवारजनले आरोप लगाएका हुन्।

नेकपाको एउटा खेमा पूर्व माओवादी नेताहरुलेसमेत यस्तो अरोप लगाइरहेका छन्। बारामा राजनीति गरिरहेका नेकपाका नेता गोपाल ठाकुरले समाजिक सञ्चाजमा पूर्व सभासद गुप्ताको डिजाइनमा पर्सा, विन्दवासिनीमा बिहीवार भएको झडपमा पूर्व माओवादी नेता मुकेश चौरसियालाई लाठी प्रहार गरी घाइते बनाई हत्या गरिएको दाबी गरे। उनले पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको काम कर्तव्यप्रति पनि प्रश्न उब्जेको बताए। पूर्व सभासद् गुप्ताको नाम जाहेरीमा भएकोले जाहेरी दर्ता गर्न पनि पर्सा प्रहरी पछि हटेको र पीडितलाई न्याय दिनुको साटो उल्टै पीडा दिइरहेको विश्लेषण उनको छ।

'बिहीवार विन्दाबसिनीमा गाउँपालिका कमिटीका अध्यक्ष र सचिव पदको शपथग्रहण कार्यक्रममा  गुप्ताले संघातिक अक्रमण गराएका हुन्, जहेरीमा गुंडा नाइके राजकुमारको नाम रहेको कारणले पर्साकी एसपी  गंगा पन्तले जाहेरी लिन मानिनन्, उल्टै पर्साका सिडिओ, प्रदेश २ डिआईजीपी, आइजीपीसम्मको साबको निर्देशन अटेर गर्नू भएको छ,' उनले लेखेका छन्।

शनिवार बिहान ११ बजेपछि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिने कार्यक्रम उनीहरुले बनाएका छन्। पूर्व मन्त्री मातृका यादवककै नेतृत्वमा कार्यक्रम हुने छ। यता, पर्सा प्रसौनीभाठकै माओवादी नेता तथा नेकपा प्रदेश २ का सदस्य छोटेलाल यादवले घटनामा   संलग्नता शतप्रतशित रहेको आरोप लगाएका छन्। उनले घटनामा लाठी चलाउने र झडपमा मानिस मार्ने अभिययुक्तहरु निजकै घरबाट पक्राउ पर्दा उनको संलग्नता पुष्टि भएकोले निजलाई छानविनको दायरामा ल्याइए प्रहरीले पीडित परिवारलाई न्याय दिनु पर्ने आग्रह गरे। ‘लाठी हान्ने हनिफ मिया र देवा सहनी दुबै जना राजकुमार गुप्ताकोबाट पक्राउ परे, प्रहरीले पक्राउ गर्दा गुप्तालाई पनि नियन्त्रणमा लिएर पैदल जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो। त्यसपछि राजनीतिक दबावमा उनलाई छोडिएको हो। नेकपाको सरकारको विरुद्ध नेकपाकै नेता कार्यकर्ताहरु वीरगंजमा न्यायाको माग गर्दै प्रदर्शन गर्नु परेको अवस्था उब्जेको छ,' उनले भने। यता, पर्सा प्रहरीका प्रवक्ता डिएसपी मनोजित कुवरले आधा दर्जनभन्दा बढीमाथि जाहेरी रहेको उल्लेख गर्दै आज पर्साका प्रमुख जिल्ला अधिकारीकोमा छलफल रहेको र त्यसपछि जाहेरी दर्ता हुने आश्वासन दिए।

घटनास्थलमा पूर्व सभासद राजकुमार गुप्ताको उपिस्थिति नरहेको र अनुसन्धनबाट दोषी पाइएको हकमा उनलाई पनि कारवाही हुने दाबी उनको रह्यो। यता, हत्याको आरोप लागिरहेको गुप्ताले घटनामा आफ्नो कुनै सम्बन्ध नरहेको प्रतिक्रिया दिएका छन्। उनले सच्चाई आफै बाहिर आउने दाबीसमेत गरे। विन्दाबासिनी २ का मुकेशको शुक्रवार बिहान ९ बजे उपचारको क्रममा वीरगंज पानीटंकीस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको थियो। उनको शव अहिले पोस्टमार्टम नगरी नारायणी अस्पतालको शव गृहमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell