PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

भारतमा आगामी जुनसम्म कोरोना भाइरसविरुद्ध भ्याक्सिन तयार हुने : बायोटेक



पहिलोपोस्ट

भारतमा आगामी जुनसम्म कोरोना भाइरसविरुद्ध भ्याक्सिन तयार हुने : बायोटेक
Getty Images

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को नेसनल इन्स्टिच्यूट अफ भाइरोलोजीसँग मिलेर भारत बायोटेकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको छ। बीबीसी हिन्दीका अनुसार कम्पनीले उक्त भ्याक्सिन आगामी वर्षको जुनसम्म उपलब्ध हुने बताएको छ।

कम्पनीका शीर्ष अधिकारीका अनुसार त्यसका लागि सरकारको अनुमति आवश्यक रहेको जानकारी बीबीसी हिन्दीलाई दिए। भारत बायोटेककले देशका १२ देखि १४ राज्यका २० हजार मानिसमा भ्याक्सिनको ट्रायल गर्नेछ।

हाल भने सीरम इन्स्टिच्यूट अफ इन्डियाको भ्याक्सिन कोवीशील्ड भ्याक्सिन उत्पादनको दौडमा सबैभन्दा अगाडि छ। कोवीशील्डको तेस्रो चरणको ट्रायलको तयारी भइरहेको छ। त्यसका लागि मानिसको चयन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell