PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोभिड-१९ विरुद्ध खटेका फ्रन्टलाइनरलाई शाहरुख खानले दिए पीपीइ



पहिलोपोस्ट

कोभिड-१९ विरुद्ध खटेका फ्रन्टलाइनरलाई शाहरुख खानले दिए पीपीइ

बलिउड स्टार शाहरुख खानले २ हजार थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) सहयोग गरेका छन्। एसिड अट्याक पीडितहरूका लागि काम गर्दै आएको उनकै संस्था मियर फाउन्डेसनमार्फत् छत्तिसगढका कोभिडविरुद्धका फ्रन्टलाइनरलाई उपलब्ध गराएका हुन्।

छत्तिसगढका क्याबिनेट सदस्य टिएस सिंह दियोले ट्वीटरमार्फत् शाहरुखलाई धन्यवाद व्यक्त गरेका छन्। लेखेका छन् : फ्रन्टलाइन योद्धाहरूका लागि पीपीइ उपलब्ध गराएकोमा शाहरुख खान र मियर फाउन्डेसनलाई हृदयदेखि धन्यवाद। यहाँको सहयोगीभावले हामीलाई स्वास्थ्यकर्मीहरूलाई जोगाउन अझै प्रेरणा दिएको छ। 

जवाफमा शाहरुखले लेखे : यो अप्ठ्यारो परिस्थितिमा जसरी सक्छु त्यसरी सहयोग पुर्‍याइरहने छु।

यसअघि खानले प्रधानमन्त्री केयर्स कोषमा र महाराष्ट्र, दिल्ली र पश्चिम बंगाल सरकारमार्फत् कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आर्थिक सहयोग पुर्‍याएका छन्। उनले आफ्नो नीजि कार्यालय भवनलाई पनि ब्रिहनमुम्बई नगरपालिकालाई उपलब्ध गराए, क्वारेन्टिन बनाउनका लागि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell