PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

बाँकेमा थप एक जना कोभिड १९ संक्रमितको मृत्यु



रासस

बाँकेमा थप एक जना कोभिड १९ संक्रमितको मृत्यु

राँझाः बाँकेमा थप एक कोभिड १९ सङ्क्रमितको मृत्यु भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो।

नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई असोज २६ गते अस्पताल भर्ना गरिएको थियो। भर्ना गरे लगत्तै उनमा कोभिड १९ सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताए। उनलाई असोज २७ गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो।

रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गर्दै गर्दा ती पुरुषको अति सघन कक्षमै मृत्यु भएको अस्पतालले जनाएको छ। नेपाली सेना र परिवारबीच शवको व्यवस्थापन गर्नेबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell