काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण यसपटक दशैंको माहोल पहिलाभन्दा अलि भिन्न छ। तर काठमाडौंलाई दशैंको रमझमले छाडेको छैन। फूलपातीदेखि सार्वजिनक विदा भएसँगै धेरैजसो परिवारसँगै दशैं मनाउने मुडमा छन् यसपाला। पहिला झै साथीभाइ, आफन्त भेला भएर दशैं मनाउन हुने समय नभएकाले पनि घरमै रमाउने प्रयासमा छन् सबै।
दशैं सुरु भएसँगै घरघरमा विभिन्न परिकार बन्ने गर्छन्। त्यसमध्ये एक हो खसीको मासु। अहिले बजारमा खसीको मासु पाइने पसलमा किन्ने मान्छेहरुको भिड छ। खसीको मासुलाई विभिन्न परिकार बनाएर खाने प्रचलन रहेकाले यसलाई मांसहारी पर्वकै रुपमा अर्थ्याउनेहरु पनि छन्।
यसबीच नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि दशैंको माहोलमा सामेल भइसकेका छन्। कुटनीतिसँगै नेपाली संस्कृति, परम्परा, घुमघाम र खानाका सौखिन छन् उनी। ट्वीटरमार्फत् बेलाबेलामा उनी आफ्नो सौख नेपालीहरुसँग साटिरहन्छन्।
अमेरिकी दूतावासले दशैंमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गर्छ। तर, यसपटक कोराना संक्रमणका कारण कुनै कार्यक्रम हुन सकेन। यद्यपि शुक्रवार राजदूत बेरीले गत वर्षको दशैंको कार्यक्रमको भिडियो सेयर गर्दै दशैंको शुभकामना दिए।
For many yrs, I’ve loved celebrating the beginning of the Dashain holiday w/ a cultural celebration with our Nepali staff. This yr, same joy, same appreciation, same values – except our team innovated so we could share virtually! Happy Dashain! 🙏
— Ambassador Randy Berry (@USAmbNepal) October 23, 2020
2019 #Memories @USEmbassyNepal pic.twitter.com/6s2CZT2Qzs
नेपाली खानाको परिकार मन पराउने बेरीले आज भने खसीको मासु बनाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन्।
नेपालमा छैटौंपटक आफूले दशैं मनाइरहेको भन्दै यो चाडमा सबैभन्दा मन पर्ने पक्षमध्ये अष्टमीको दिन खसीको मीठो मासु बनाएर खान पाउने अवसर रहेको बताएका छन्। कोरोनाका कारण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बेला भएकाले अहिले आफैले परिवारको लागि खसीको मासु बनाउँदै गरेको उनले बताएका छन्।
I’ve celebrated Dashain many times in Nepal. New this year, though: I tried my hand at making my own Khasi ko Masu, a little bit inspired by @AnupKaphle! I may be a better diplomat than a chef, however! Happy Ashtami!🙏 @USEmbassyNepal pic.twitter.com/1xxZDcrS7P
— Ambassador Randy Berry (@USAmbNepal) October 24, 2020
बेरीले आफू कुक भन्दा राम्रो कुटनीतिज्ञ नै हुनसक्ने भन्दै अष्टमीको शुभकामना दिएका छन्।
केही दिनअघि मात्रै बेरीले आफ्नो नेपाल यात्राको क्रममा यहाँका रैथाने खाना यहाँका मानिस जत्तिकै विविधतापूर्ण रहेको बताएका थिए। ट्वीट गर्दै उनले मुस्ताङको खसीको मासु, जनकपुरको लस्सी र नेपालगंजको बिरयानीको चर्चा गर्दै भाइरसको कहर सकिने बित्तिकै नेपालका विभिन्न स्थानमा ‘फुड ट्रिप’ जान आफू उत्सुक भएको बताएका थिए।
My travels around Nepal have shown me that the authentic foods of this great country are just as diverse as the people! Be it mutton curry in Mustang, lassi in Janakpur, or biryani in Nepalgunj, I can't wait until we #beatthevirus & I can restart my food trips! #WorldFoodDay pic.twitter.com/AU11mFJN2X
— Ambassador Randy Berry (@USAmbNepal) October 16, 2020
