PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

बाबुलाई घरको तलाबाट खसालेर मारेको अभियोगमा छोरा पक्राउ



पहिलोपोस्ट

बाबुलाई घरको तलाबाट खसालेर मारेको अभियोगमा छोरा पक्राउ

काठमाडौंः प्रहरीले आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक युवकलाई नियन्त्रणमा लिएको छ।

दाङ बंगलाचुलि नगरपालिका वडा नम्वर २ स्थित पाखापानी बस्ने २२ वर्षीय बिरबहादुर विकलाई नियन्त्रणमा लिएको हो।

शुक्रवार राति छोरो बिरबहादुरले सामान्य विषयमा विवाद हुँदा ४५ वर्षीय बाबु बलाराम विकलाई कुटपिट गरि घरको तलाबाट खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकरी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell