PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कोरोना संक्रमणका कारण जनकपुरमा एक महिलाको मृत्यु



रासस

कोरोना संक्रमणका कारण जनकपुरमा एक महिलाको मृत्यु

जनकपुर : जनकपुरमा गएराति कोरोना संक्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका-१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिए।

एकाएक ज्वरोका साथै श्वासप्रश्वासमा कठिनाइ भएपछि ति महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। उनको श्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। ति महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित्त निर्देशक झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell