काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।
यससँगै देशभर संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। त्यस्तै सोही अवधिमा १३ जना कोभिड १९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै देशभर संक्रमितको मृत्यु हुने सङ्ख्या ८४२ पुगेको छ।
शनिवार २ हजार ८४६ जना संक्रमण मुक्त भएसँगै निको भएका छन्। संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। हालसम्म ४७ हजार ५७ जना संक्रिय संक्रमित पहिचान भएका छन्।
